
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्।
थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने, ‘उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण हिसाब गर्नु छ। हिसाब मिलाउन बाँकी नै छ। न्याय पाउन बाँकी नै छ। म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ। केही समय धैर्य गर्नुहोला। मैले धेरै कुरा भन्न बाँकी छ।’
उनले थपे, ‘सबै जनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावको लागि म धेरै(धेरै धन्यवाद दिन्छु। आज मैले यति नै बोलेँ, यति मात्र सङ्केत गरेँ। धेरै बोल्ने दिन आउँदै छ।’









Facebook Comments