
काठमाडौं । अमेरिकाले ७५ नेपालीलाई एकैदिन डिपोर्ट (देश निकाला) गरेर नेपाल पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौंमा ल्याएर छाडिदिएको हो ।
बिहीबार अमेरिकाले एकैदिन डिपोर्ट गरेका ६ महिलासहित ७५ नेपाली बिहीबार काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याएर छाडिदिएको हो ।
राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले २०२५ जनवरी २० मा शपथ लिएसँगै अमेरिकाले आप्रवासीसम्बन्धी कडा कदम चाल्दै आएको छ । बिहीबार डिपोर्टमा परेका ७५ नेपालीसहित हालसम्म अमेरिकाबाट देश निकालामा परेका नेपालीको संख्या ४६३ पुगिसकेको छ ।
अमेरिकाले काठमाडौं विमानस्थलसम्म ल्याएर छाडिदिने गरेको छ । त्रिभुवन विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीले सोधपुछ गर्ने गरेको छ । प्रायः अवैध बाटोमार्फत अमेरिका पुगेकाहरु डिपोर्टमा पर्ने गरेका छन् ।









Facebook Comments