काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओीले सुदृढ अनुशासनमा बस्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिएका छन् ।  

महाधिवेशनपछि आज कार्की ब्याङ्क्वेट, बबरमहलमा बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही असन्तुष्टि भए नेतृत्वसमक्ष व्यक्त गर्न आग्रह गरेका छन् ।

ad

मौखिक र लिखित रूपमा असन्तुष्टि व्यक्त गर्दा हुन्छ, सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुराहरू नआउन् भन्ने म आग्रह गर्दछु, ओलीले भने । ओलीले महाधिवेशनसँगै प्यानल र पक्षरविपक्ष पनि सकिएको पनि बताए ।