काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि भौतिक हमला भएमा देश ठप्प पार्ने र वर्तमान सरकार नै ढाल्ने चेतावनी दिएका छन् । 

आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले एमाले नेतृत्वमाथि हमला भएमा देश ठप्प पार्न भन्दै सोही दिन अन्तरिम सरकारसमेत ढल्नुपर्ने बताएका हुन् । 

ad

‘एमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ । भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ,’ पार्टीको ११औँ महाधिवेशनको समापन मन्तव्य दिँदै ओलीले भने, ‘यो वर्तमान सरकार पनि ढल्नुपर्छ । त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु ।’

पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला एमालेका नेताहरूमाथि चलाउने सम्भावना रहेको उनले बताए । एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको पनि उनको आरोप छ ।