
काठमाडौं । नेकपा एमालेको बिहीबार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न आग्रह गरेको छ ।
प्रस्तावहरूबारे जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको बताए । महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरे ।
दोषी देखिएकाहरूलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गर्दै राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गरे उनले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको बताए ।
उनले भने ‘नेकपा एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको छ । विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरियोस् । चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस् । दोषी देखिएकाहरूलाई कानुन बमोजिम कारबाही गरियोस् । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् ।’









Facebook Comments