काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताएका छन् । 

तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै उनले पार्टी नफुट्ने प्रस्ट पारेका हुन्।

ad

उनले एमाले अझै बढी सुदृढ भएर जाने बताए।उनले भने, हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन। धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए, तीनको धूप खेर जान्छ, तर नेकपा एमाले अझै मजबुत भएर जान्छ।