
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला उम्मेदवार बिजयी भएकी छन् ।
ओलीको प्यानलबाट सचिवमा उम्मेदवारी दिएकी पद्मा अर्याल मात्रै निर्वाचित भएकी हुन् । अर्यालले १५३० मत ल्याएर सचिव पदमा निर्वाचित भएकी हुन् ।
पदाधिकारीमा अर्यालसहित डा.बिन्दा पाण्डे, रचना खड्का प्रतिस्पर्धा गरेका थिए । डा.पाण्डे उपाध्यक्षमा र खड्का सचिवमा प्रतिस्पर्धा गरे पनि निर्वाचित हुन सकेनन् । पाण्डेले ९ सय २१ मत र रचनाले ८ सय ७७ मत ल्याएर पराजित भएका थिए ।









Facebook Comments