
काठमाडौँ । आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई झण्डै तेब्बर मतको अन्तरले पराजित गर्दै केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् ।
ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
यस्तै महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी १२२८ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याएका थिए ।
यसैगरी एमालेको उपमहासचिवमा पोखरेल पक्षका योगेश भट्टराई निर्वाचित भएका छन । ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल पराजित भए । ओली प्रधानमन्त्री रहेको बेला सधैं रिमाल प्रमुख राजनीतिक सल्लाहकार हुने गर्दथे । ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका हुन् । भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरेका थिए भने चौंथो नम्बरमा परेका रिमालले १०९१ मत पाए ।









Facebook Comments