
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।
कुमार, विश्वक्रान्ति, देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको बताइएको छ।









Facebook Comments