काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानका लागि तय गरिएको मतदान कार्यक्रम प्राविधिक कारणले पछि धकेलिएको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने भनिएको थियो । तर, विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण व्यवस्थित गर्न समय लागेकाले मतदान प्रक्रिया अपरान्ह ४ बजेपछि मात्र सुरु हुने भएको छ ।

ad

निर्वाचनको अन्तिम नतिजा बुधबार मात्रै सार्वजनिक हुने भएको छ । यसपटकको महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिँदै छ ।

महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी रहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी रहेको छ ।

उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी रहेको छ ।

सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी रहेको छ।