
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । गत मंसिर १२ गते नै दिएको राजीनामा त्यसै दिन स्वीकृत भएको थापाले जानकारी दिए ।
आफूले सक्रिय राजनीतिमा फर्कने गरी गत १२ गते नै राजीनामा बुझाएको र स्वीकृत पनि भइसकेको थापाले बताएका छन् ।
पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका छोरा समेत रहेका सुनील राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी समूहसहित कांग्रेसमा प्रवेश गरेका थिए ।









Facebook Comments