
काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको जारी ११ औं महाधिवेशनमा आफू पनि कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेकी छिन् ।
आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले चुनाव नलड्ने घोषणा गरेकी हुन् । उनले विधि र विधानसम्मत चल्न नेताले फराकिलो मन बनाउनुपर्ने बताएको एक केन्द्रीय सदस्यले बताए ।
उनले आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाई थियो । उनको भनाइ थियो । उनले अहिले विधान संशोधनतिर लाग्न नहुने पनि बताएकी थिइन् । उपाध्यक्ष शाक्य पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षमा खुल्दै आएकी थिइन ।








Facebook Comments