
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्याउने गरी विधान संशोधन गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बैठकले विधान संशोधन गरेको हो । यसअघि भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने र वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको थियो । विधान संशोधन गर्ने प्रस्तावमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरुले भने प्रतिवाद गरेका छन् ।
बैठकमा बन्दसत्रको कार्यसूची निर्धारणबारे पनि छलफल भएको थियो । बैठकको आरम्भ गर्दै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताएका थिए ।
बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका थिए ।








Facebook Comments