
काठमाडौं । पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव ल्याउने गृहकार्यमा पार्टी संस्थापन पक्ष लागेपछि एमालेमा तीब्र विवाद देखिएको छ ।
आज बसेको केन्द्रीय कमिटीको बैठकमा संस्थापन पक्षका नेताहरुले फ्लोरबाट विधान संशोधनको विषय उठाएपछि पोखरेल पक्षले त्यसको प्रतिवाद गरेको छ ।गोदावरीमा भएको विधान महाधिवेशनमा ३ दिनसम्मको छलफलबाट पारित भएको विधानलाई ३ महिनामा नै परिमार्जन गर्दा गलत सन्देश जाने भन्दै ईश्वर पक्षले प्रतिवाद गरेको छ ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव आउने हो भने आफूहरूले पनि फरक अवधारणा पेस गर्न पाउनुपर्ने माग गरेका छन् ।








Facebook Comments