काठमाडौं । शनिबारदेखि शुरु भएको एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने हुने निश्चित भए पनि त्यसपछिको कार्यकारी पद महासचिव लगायत पदाधिकारीहरुमा कसलाई उठाउने भनेर दुवै पक्षलाई सकस देखिएको छ ।

ओली पक्षबाट महासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले आकांक्षा राख्दै गर्दा पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट महासचिवको उम्मेदवार बन्ने दौडमा छन् । पार्टीको उपमहासचिव, सचिव लगायतका पदहरुमा पनि दुवै पक्षमा आकांक्षीहरु थुप्रै देखिएका छन् ।

ad

आज भृकुटीमण्डपमा हुने बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । पोखरेल पक्षले  संस्थापनको प्यानलमा समेटिन नसकेका नेताहरूलाई आफ्नो प्यानलमा ल्याउने रणनीतिमा देखिएको छ । हालको विधान अनुसार एमालेमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात जना हुने व्यवस्था छ । केन्द्रीय कमिटी २५१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।