काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफु ७० बर्ष पुगेको भन्दै पार्टीको जारी ११ औं महाधिवेशनमा कुनै पनि पदमा चुनाव नलड्ने घोषणा गरेका छन्।


उनले पार्टीमा भने सक्रिय रहिरहने पनि बताएका छन् । भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अब आफू चुनाव नलड्ने बताएका हुन्।

ad

उनी एमालेमा ७० वर्षे उमेरहद कायम हुनुपर्ने पक्षमा उभिएका छन्। एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।