
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।
डोटीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले सरकार चुनावको वातावरण बनाउनेभन्दा अन्य कुरामै बरालिएको आरोप लगाए ।
उनले सरकारले सबै दलहरूलाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताए । निर्वाचनमा आन्तरिक वा बाह्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उनको भनाइ छ ।
राष्ट्रको एकतालाई टुक्राउने, सामाजिक सद्भाव बिथोल्ने कुनै पनि काम नगर्न रावलले सरकारलाई सुझाव दिए ।
उनले नेकपा एमालेको ११औँ महाधिवेशनबाट एमालेलाई केपी शर्मा ओलीबाट मुक्त गर्न गर्नुपर्ने बताए । यसका लागि महाधिवेशन प्रतिनिधिहरूले विवेक प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।









Facebook Comments