काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान संकटको सामना गर्न पार्टीमा नेतृत्व रूपान्तरण आवश्यक रहेको बताएका छन् । उनले जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको बताए ।

एमाले ११औं महाधिवेशन सन्दर्भमा आज काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव बिष्टले  आफूहरूले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको बताए ।  पार्टीभित्र प्रतिस्पर्धा गर्नेलाई पार्टीको हित नचाहने भन्ने भाष्य सिर्जना गर्न खोजिएको आरोप आरोप पनि उनको थियो ।

ad

उनले यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको पनि बताए । सचिव विष्टले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए ।