काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गगनकुमार थापा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको लागि काठमाडौं–४ सहित ४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नको लागि सिफारिस भएका छन् ।

काठमाडौं– ४ बाट उनी एकल सिफारिसमा परेका छन् भने उनी रोल्पा, सर्लाही– ४ र धनकुटाबाट पनि सिफारिस भएका छन् । रोल्पाबाट थापासहित, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको छ भने सर्लाही– ४ बाट थापासहित अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ । 

ad

धनकुटाबाट थापासहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएका छन् ।