बुटवल। बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई  पक्राउ गरेको  हो । डीएसपी नेपालकी जेठी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ad