
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतकको संख्या ३६ पुगेको छ। मंगलबार सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले विराटनगर किङ्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५० रन पूरा गरेपछि सिजनको हाफ–सेन्चुरी संख्या थपिएको हो।
भण्डारीले ४४ बलमा १ छक्का र ३ चौकाको सहारामा अर्धशतक प्रहार गरे। यो उनको जारी सिजनको दोस्रो हाफ–सेन्चुरी समेत हो।
हालसम्म २९ खेलाडीले मिलेर ३६ अर्धशतक प्रहार गरिसकेका छन्। चितवन राइनोजका रवी बोपराले तीन अर्धशतकका साथ अग्रस्थानमा छन् भने पोखरा एभेन्जर्सका कुशल भुर्तेल र एडम रोसिङटन, सञ्जय कृष्णमूर्ति तथा कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक पूरा गरेका छन्।
त्यसैगरी जोश ब्राउन, हरमित सिंह, क्रिश लिन, ईशान पाण्डे, लोकेश बम, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, सुमित बर्मा, जिमी निशम, रिसि धवन, डेविड मलान, अर्जुन साउद, भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, डार्सी सर्ट, वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखलगायतले एक–एक अर्धशतक हिर्काएका छन्।
जारी लिगमा अहिलेसम्म कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटन दुई मात्र खेलाडीले शतक प्रहार गर्न सफल भएका छन्।










Facebook Comments