
काठमाडौँ । लोक सेवा आयोगले परराष्ट्र सेवातर्फको शाखा अधिकृत पदको नतिजा सार्वजनिक गर्दै ६७ जनाको नाम सिफारिस गरेको छ।
सिफारिसमध्ये २८ महिला परेका छन्, जसले कुल परिणाममा ४१ प्रतिशत महिला सहभागिता प्रतिविम्बित गरेको छ।
खुलातर्फ ३७ जना सिफारिस भएका छन्, जहाँ १५ महिला छन्। खुलातर्फ महिलाको सहभागिता ४० प्रतिशत रहेको आयोगले जनाएको छ।
खुलातर्फ टप सूचीमा छैटौँ स्थानमा पूजा न्यौपाने रहेका छन्। उनीसँगै प्रसिद्धि कोइराला, संगिता भुसाल, नमुना सुवेदी, ममता रेग्मी, प्रियदर्शिनी त्रिपाठी, रक्षा खनाल, नन्दिनी अधिकारी, प्रेरणा फुयाल, विज्ञतारा आचार्य, सारंशा अर्याल, विनी दाहाल, सरिता मानन्धर, स्मृति गौतम र शोरिस्मा मरासिनी बन्न सफल भए।
महिला आरक्षणतर्फ १० जना सिफारिस भएकामध्ये रसिला धमला, विद्या पौडेल, आयुष्मा काफ्ले, सुलोचना थापामगर, दीपिका उप्रेती, अस्मिता सेढाई, आभा डंगोल, अस्मिता भट्टराई, प्रियंकासिंह ठकुरी र करिस्मा अधिकारी परेका छन्।
परराष्ट्र सेवामा महिलाको उल्लेख्य वृद्धि यस वर्षको परिणामको मुख्य विशेषता बनेको आयोगको मूल्यांकन छ।









Facebook Comments