
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएको उल्लेख गर्दै सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको दावी गरेकी छन् ।
उनले भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने समेत बताईन । भ्रष्टाचारविरूद्धको २२ औं अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताईन । उनले भनिन्– यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।









Facebook Comments