काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले एमालेको महाधिवेशन बिथोल्न नागढुंगाको बाटो बन्द गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले सरकारले यहीँ मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने वहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्णरूपमा गलत उद्देश्यप्रेरित रहेको जनाएका छन् ।

ad

उनले लेखेका छन्– ‘मंसिर २४ देखि पुस १ गतेसम्म गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने बहानामा नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मंसिर २४ ९बुधबार० देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म यातायात बन्द गराउने सरकारी निर्णय पूर्ण रूपमा गलत उद्देश्यप्रेरित छ। एमालेको मंसिर २७–२९ महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन—प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोधनै हुनेछ्। तत्काल निर्णय फिर्ता गरेर पौष पहिलो हप्ता देखि काम गर्नु सरकार र कुलमान दुबैको हितमा हुनेछ ।‘