
काठमाडौं । जापानमा तटीय क्षेत्रभन्दा बाहिर शक्तिशाली भूकम्प गएको छ ।
जापानको मौसम विज्ञान विभागले सोमबार गएको भूकम्प ७.६ म्याग्निच्युडको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
विभागले भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले विभागलाई उदृत गर्दै भूकम्प आओमोरी र होक्काइँदो तट बाहिर केन्द्रित रहेको जनाएको छ ।
भूकम्पपछि विभागले देशको उत्तरपूर्वी तटीय क्षेत्रमा करिब तीन मिटरसम्म उचाइको सुनामी सक्ने चेतावनी दिएको छ ।
हालसम्म मानवीय क्षति वा भौतिक नोक्सानीबारे कुनै जानकारी प्राप्त भएको छैन ।









Facebook Comments