काठमाडौं । सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको छ । 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

ad

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।