काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औं महाधिवेशनबारे तयार पारिएको दस्तावेज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पुगेर महासचिव शंकर पोखरेललाई बुझाएका छन् ।

यो दस्तावेज मंसिर २७ देखि सुरू हुने ११ औं महाधिवेशनमा छलफल गराउने तयारीमा पोखरेल पक्ष रहेको छ । महाधिवेशनमा पोखरेल अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

ad

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताईरहेका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने भन्दै आफ्नो छुट्टै दस्तावेज बुझाएका हुन् ।