काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको सामथ्र्य र उपादेयता सकिएको भन्दै सबैको भावना र परिस्थिति बुझेर बिदा लिए ओलीको सम्मान झन् बढ्ने बताएका छन्।


आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा ईश्वर पोखरेल समूहले आयोजना गरेको कार्यक्रममा थापाले कुनै एक व्यक्तिको दम्भ र घमण्ड पाल्नु कसैको हितमा नहुने टिप्पणी गरे ।

ad

उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको पनि बताए । अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने उनको भनाई छ ।