काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आसन्न ११ औं महाधिवेशनमा तेस्रो पटक पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको सन्दर्भमा सोही पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने  कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज काठमाडौंमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले  आयोजना गरेको कार्यक्रममा उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए ।

ad

उनले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको भन्दै ‘जसले गर्दा नेकपा एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखा परिरहेको बताए ।