
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रही काठमाडौँको सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुस्कर कार्कीलाई आफ्नै ४ महिने छोराको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
कार्कीलाई प्रहरीले आइतबार बेलुका नागढुंगाबाट पक्राउ गरेको हो । आइतबार दिउँसो ४बजेतिर श्रीमति कृष्णालाई कुटपिट गरी आफ्नो ४ महिने छोरा माहिरको हत्या गरेर भाग्दै गरेको सूचनाको आधारमा कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
उनको कुटपिटबाट पत्नी कृष्णा साउद पनि घाइते छिन्। उनको नेपाल प्रहरी अस्पतालमा उपचार भईरहेको छ । कृष्णा पनि प्रहरी जवान हुन्। उनी पनि त्रिभुवन विमानस्थलमा कार्यरत रहेकी छन् ।









Facebook Comments