
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २४ गतेको बाढीले सो जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
विद्युत् उत्पादन गर्ने तीनवटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो ।
ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युत्गृहमा पानी पठाइएको र अन्य दुई युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वले जानकारी दिए ।
एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उत्पादनको एक वर्ष नपुग्दै बाढीले क्षति पु¥याएको थियो । चार महिनाको अवधिमा उत्पादनबाट रु पौने दुई अर्ब बराबर नोक्सान भएको कार्यकारी निर्देशक ज्याख्वले बताए ।
ल्हेन्दे खोलाको बाढीले सुरुङमा पानी लैजाने बाँधको ढोका फोेरेर विद्युत्गृहसम्म नै माटो, काठ, ढुंगामुढा तथा हिलो पुगेका कारण दुई युनिटको सफाइ कार्य तीव्र रूपमा भइरहेको मर्मतमा संलग्न प्राविधिकले बताएका छन् ।









Facebook Comments