काठमाडौं । पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको हो ।

२१औँ वाणिज्य बैंकका रुपमा स्वीकृति पाएको प्राइमलाई स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पुर्‍याएका मानन्धरले केही समय अध्यापन समेत गराएका थिए ।

ad

धानचामल गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका मानन्धर तत्कालीन नेपाल बंगलादेश बैंक तथा लुम्बिनी बैंकको कार्यकारी प्रमुख समेत भएका थिए ।

व्यापार व्यवसाय प्रबर्द्धनका लागि बैंकिङ स्रोतमा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका मानन्धरले काष्ठकला तथा मूर्तिकला क्षेत्रलाई समेत महत्त्व दिएका थिए । धितोभन्दा पनि सिपका आधारमा कर्जा दिई कालिगढलाई उद्यमी बनाउन उनको महत्त्वपूर्ण योगदान छ ।