
काठमाडौं । केही जिल्लाहरुमा छनोट भएका प्रतिनिधिहरुलाई पार्टीको संगठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकोमा एमालेका वरिष्ठ उपाध्यक्ष तथा आगामी महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले अध्यक्ष ओलीसमक्ष आपत्ति जनाएका छन् ।
प्रतिनिधि छनोटलाई लिएर केही जिल्लामा विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीलाई भेट्न आज पोखरेल गुण्डु पुगेका थिए । आज अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव योगेश भट्टराई लगायत नेताहरूबीच गुण्डुमा छलफल भएको थियो।
नवगठित नेसनल भोलेन्टियर फोर्सबाट पनि महाधिवेशनमा प्रतिनिधि छनोट गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका छन्। एमालेको प्रतिनिधि छनोटका क्रममा ओखलढुंगा, चितवन, बाँके, बर्दिया, दाङ, सल्यान र डोटीसहित विभिन्न जिल्लामा विवाद देखा परेको थियो।









Facebook Comments