
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचन तयारीका बिषयमा छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक बोलाइएको छ ।
छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन्।
‘छलफलमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको छ। छलफलमा निर्वाचनआयोग र सुरक्षा निकायका प्रतिनिधिहरु पनि रहने बताइएको छ ।









Facebook Comments