
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २६ देखि २८ पुसमा हुने तय भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार २६ देखि २८ पुससम्म महाधिवेशन गराउन प्रतिबद्ध रहेको बताएका छन् ।
पार्टीका युवा नेताहरूसँग महाराजगञ्जमा कुरा गर्दै देउवाले १५ औँ महाधिवेशन हुने भएकोले युवाहरूलाई गाउँ जान निर्देशन दिए ।
‘युवाहरूको सहभागिता हुनुपर्छ भनेर हामीले भन्यौँ । उहाँले कार्यतालिका तलमाथि हुँदैन भन्नुभयो । युवाहरू लाग्नुस्, पार्टीको लिडरसिप युथहरूले लिनपर्छ भन्नुभयो,’ भेटमा सहभागी एक नेताले भने, ‘तपाईंहरूलाई सहयोग गर्छु । नेविसंघ र तरुण दलको अधिवेशन नगरेर १० वर्षदेखि तपाईंहरूलाई अन्याय भएको महसुस भएको छ भन्नुभयो ।’









Facebook Comments