
काठमाडौँ। एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो।
प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन्।
प्रतियोगिताका खेलहरू आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्।
नेपालको पहिलो खेल श्रीलंकासँग १३ डिसेम्बरमा राखिएको छ। दोस्रो १५ डिसेम्बरमा बंगलादेश र तेस्रो १७ डिसेम्बरमा अफगानिस्तानसँग छ।
नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोली १९ डिसेम्बरमा सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त २१ डिसेम्बरमा हुनेछ।








Facebook Comments