काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको दृष्टि आई केयर सिस्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।
हस्पिटल र बैंकबीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकले हस्पिटलका सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् । यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सकिने छ ।

‘ईएनटी एन्ड जनरल सर्भिसअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छुट प्रदान हुनेछ’ सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख छ ‘साथै, आँखा उपचार गर्दा ओपीडी जनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेस्टिगेसनमा ५ प्रतिशत, ल्याबरोटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७।५ प्रतिशत छुट सुविधा प्रदान हुनेछ ।’

ad