
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको निर्णयमा महाधिवेशनको तालिका र समय
महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष आफ्नो प्रस्ताव दर्ता गराएका हुन् ।
उनले तालिकाअनुसार महाधिवेशन नभए हस्ताक्षर फिर्ता नहुने र विशेष महाधिवेशन हुने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । थापाले यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न आफूले इमान्दारीपूर्वक काम गर्ने पनि बताएका छन् ।
कार्यतालिकाअनुसार काम भएन भने विशेष महाधिवेशन हुने उनको प्रस्तावमा उल्लेख छ । ‘कथंकदाचित पुस महिनाभित्र कार्यतालिका बमोजिम १५ औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुसको अन्तसम्म कुरिराख्नु पर्दैन, पुस महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नु पर्दछ,’ थापााको प्रस्तावमा उल्लेख छ ।









Facebook Comments