
धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गर्दै तोकिएकै समयमा निर्वाचन हुने दावी गरेका छन्।
गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा आज सुरू भएको सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै मन्त्री अर्यालले घोषित मितिमै भयरहित,स्वच्छ,स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताए। यो निर्वाचन सम्पन्न गर्न सरकार कटिवद्ध छ । त्यसका लागि सम्पूर्ण शान्तिसुरक्षाको अवस्था मजबुत बनाउन लागिपरेका छौ, गृहमन्त्री अर्यालले भने ।
मन्त्री अर्यालले हाल देशभर ४ हजार ५५२ कैद बन्दी फरार रहेको र तीमध्ये पनि कर्तव्य ज्यान र जघंन्य अपराधका धेरै न्यून रहेको बताए। कुल ७२७ हात हितयार सरकारले फिर्ता ल्याइसकेको पनि बताए ।









Facebook Comments