चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए ।

कोइरालाले भने, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए । यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।  

ad

महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।”