
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ। आज पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो।
१४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भए अनुसार यही मंसिर २३ गते म्याद सकिने भएको र पुसमा महाधिवेशन गर्ने भएकोले माघ मसान्तसम्म म्याद थप गर्ने निर्णय कांग्रेसले गरेको हो ।









Facebook Comments