काठमाडौँ । पार्टीको १५ औं महाधिवेशन फागुन २१ गतेको चुनावअघि वा पछि भन्ने बिषयमा झण्डै डेढ महिनाको रस्साकस्सीपछि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

ad

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ । 

यस्तो छ कार्यतालिका 

जन–सम्पर्क समिति अधिवेशन– पुस १५ गते  

वडा अधिवेशन–पुस १६ गते  

पालिका अधिवेशन– पुस १७ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन–पुस १९ गते

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन–पुस २१ गते  

एक भन्दा बढी क्षेत्र भएका जिल्लाको क्षेत्रीय र जिल्ला अधिवेशन–पुस २२ गते  

प्रदेश अधिवेशन–पुस २३ र २४ गते  

केन्द्रीय महाविधेशन– २६ देखि २८ गते