
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनका बुबा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा आज निधन भएको हो ।
उनलाई आज बिहान अस्पतालमा भर्ना गरी आईसीयुमा राखेर उपचार भईरहेको थियो । उनी मधुमेह र पिसाब संक्रमणको बिरामी थिए । आज बिहान प्रधानमन्त्री सुशीला कार्की पनि शाहलाई भेटन अस्पताल पुगेकी थिइन् ।
शाह पेसाले आयुर्वेद चिकित्सक हुन् । लामो समय नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गरेका उनी पछि सिंहदरबारस्थित वैद्यखाना सरुवा भएका थिए ।









Facebook Comments