
काठमाडौं । प्रभु बैंकले बैंकका वरिष्ठतम् कर्मचारी निरज लम्साललाई आइतबारबाटै लागू हुने गरी कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ ।
बैंकको दैनिक कार्य सञ्चालनलाई निरन्तर, सहज र प्रभावकारी बनाउन लम्साललाई कार्यवाहक सिइओ बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बैंकका सम्पूर्ण सेवाहरू देशभरका शाखामार्फत निर्वाध रूपमा सञ्चालन भइरहने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।
बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कर्जा अपचलन सम्बन्धी मुद्दा चलाइरहेकै समयमा आइतबार बैंकका सिइओ अशोक शेरचन, डिसिओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेसँगै बैंकले लम्साललाई कार्यवाहक सिइओ तोकेको हो।
उक्त अनुसन्धानका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकहरुको हितमा कुनै पनि नकारात्मक असर पर्ने अवस्था नरहेको बहोरा विश्वास दिलाउन चाहन्छौं, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।








Facebook Comments