काठमाडौं । असोज २८ देखि शुरु भए पनि पटक पटक  स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो २ बजे बस्ने बैठकले पार्टीको आगामी १५औँ महाधिवेशनको टुंगो लगाउने कांग्रेस नेताहरुले बताएका छन् । यसअघि आइतबार बस्ने भनिएको बैठक अन्तिम समयमा सोमबारका लागि सारिएको थियो।

ad

कांग्रेसको महाधिवेशनको कार्यतालिका र प्रक्रियाका विषयमा देखिएको आन्तरिक विवादमा हिजो नेताहरुबीच सहमति जुटेसँगै आज बैठक बस्न लागेको हो।  केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक मध्यान्ह १२:३० बजेका लागि बोलाइएको छ । पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र शीर्ष नेताहरूबीचको सहमति अनुसार कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ पुस २६ देखि २९ गतेसम्म गर्ने तयारी गरिएको छ। आजको बैठकमा महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्ने बताइएको छ ।