
काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले एक अर्काको आलोचना वा खुइल्याउने काम नगर्न का आग्रह गरेका छन् ।
एमालेको मुख्यालय, च्यासलमा महाधिवेशनको लोगो सार्वजनिक गरेपछि अध्यक्ष ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनमा एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न आग्रह गरे । उनले महाधिवेशनमा पार्टीको सङ्गठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने पनि बताए ।
महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा गर्न खुला छाडिने भन्दै उनले अगाडि भने– कसैले मतदान गर्न नदिएर, नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा सेन्टिमेन्टलको कुरा हुँदैन, प्रतिस्पर्धा खुला हुन्छ । प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ । उनले पार्टीभित्र उठ्दै आएको नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यकता अनुसार हुने पनि बताए ।









Facebook Comments