
काठमाडौं । पार्टीको १५ औं महाधिवेशन चुनावअघि गर्ने कि चुनावपछि गर्नेमा विवाद बढिरहँदा सहमतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय छन् ।
यसैक्रममा उनले आज पनि नेताहरूसँगको छलफललाई निरन्तरता दिने भएका छन् । देउवाले आफ्नो अस्थायी निवास, महाराजगञ्जमा आज दिउँसो १ बजेपछि संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालासहितका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला र रमेश लेखकको पनि सहभागिता रहने भएको छ ।
महाधिवेशनका बिषयमा सहमति नजुटेकै कारण नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पनि पटक पटक सर्दै आएको छ । आज बस्ने भनिएको बैठक भोलि दिउँसो २ बजेका लागि सारिएको छ ।









Facebook Comments