काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीच औपचारिक रूपमा आज पार्टी एकता भएको छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभाको आयोजना गरी दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो ।

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ।  

ad

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण भएको रास्वपाले जनाएको छ । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो ।