
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले भक्तपुरमा बसेर जनता धम्क्याईरहेको भन्दै ओलीहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।
पार्टीको सुदूरपश्चिमस्तरीय सभालाई धनगढीमा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको समयमा सुरक्षा परिषद बैठक समेत बोलाउन नसकेर हेलिकोप्टर चढेर भागेका तत्कालीन प्रधानमन्त्री ओलीले अहिले जनता धम्क्याईरहेको आरोप लगाए ।
उनले आफ्नो पार्टी चुनावको लागि तयार रहेको तर सरकारले वातावरण भने तयार पार्नुपर्ने बताए। सरकारले बाहिर भएका गोलीगठ्ठा तत्काल नियन्त्रणमा लिनुपर्ने पनि रावलको भनाई थियो । सरकारले निर्वाचन निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न बाहिर रहेका गोलीगठ्ठा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।









Facebook Comments