काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १५ औं महाधिवेशनका बारेमा सहमति जुटाउन सक्रिय देखिएका छन् ।

नेताहरुसँग दैनिक रुपमा छलफल गर्दै आएका देउवाले आज पनि पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग सामूहिक छलफल गर्ने भएका छन् । उनले आज हाल बस्दै आएको निवास, महाराजगञ्जमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनबारे छलफल गर्न लागेका छन् ।

ad

उनले पार्टीका पूर्व पदाधिकारीहरु बिमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि डाकेका छन् । निधि र सिटौला चुनाव अगाडि महाधिवेशन गर्न नहुने अडानमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा चुनाव अगाडि महाधिवेशन नगर्ने हो भने पुसभित्र विशेष महाधिवेशन बाध्यकारी रहेको बताउँदै आएका छन् ।  यस अगाडि हिजो पनि देउवाले पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुसँग सामुहिक छलफल गरेका थिए ।